तकलिङ २-मा हाम्रो पार्टीले मिशन पंचायतलाई दिए तीव्र रूप

IMG-20230331-WA0179.jpg

दार्जीलिङ: हाम्रो पार्टी तकलिङ २-का पार्टी कार्यकर्ताहरूले ब्रांच कमिटि उपाध्यक्ष तारा योन्जन समक्ष पंचायत चुनावको निम्ति पार्टी उम्मेद्वारहरूको चयन कार्य शुरू गरीदिने अनुरोध गरेको छ। तकलिङ पेशोक समष्टि अन्तर्गत तकलिङ २-मा हाम्रो पार्टीको सभा सम्पन्न भयो। आयोजित सभामा हाम्रो पार्टी खरसाङ ब्रांच कमिटि उपाध्यक्ष तारा योन्जन, क्षेत्रिय सभासद सन्नी बम्जन, तकलिङ पेशोक समष्टि अध्यक्ष किरण राई लगायत पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सभामा हाम्रो पार्टीको खरसाङ ब्रांच कमिटि तकलिङ पेशोक समष्टिबाट तारा योन्जनलाई उपाध्यक्ष चयन गरिएकोमा योन्जनलाई पार्टी कार्यकर्ता एंव समर्थकहरूले खदा लगाउँदै बधाई पनि दिए। आयोजित सभालाई सम्बोधन गर्दै समष्टि अध्यक्ष किरण राईले भने ‘आगामी दिनहरूमा सम्पन्न हुने पंचायत चुनाव बारे पनि आजको बैठकमा गहन चर्चा परिचर्चा भएको छ’। तकलिङ २ अन्तर्गत पाँचवटा वार्डहरू रहेका छन अनि यी वार्डहरूमा हाम्रो पार्टीको पक्षबाट कसलाई पार्टी उम्मेद्वार चयन गर्ने आदि जस्ता विषयहरूमाथि गहन चर्चा परिचर्चा भएको अध्यक्ष राईले बताए।तिनले अझ भने- विगतको जीटीए सभाको चुनावमा उनीहरूले निर्दलीय उम्मेद्वारहरूलाई समर्थन जनाएका थिए अनि २२ सय भन्दा धेरै मतहरू हत्याउन सफल बनेका थिए। स्मरण रहोस, हाम्रो पार्टीले आगामी दिनहरूमा सम्पन्न हुने पंचायत चुनावलाई लिएर जमीनी कार्यक्रमहरूलाई तीव्र रूप दिँदै आईरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement