पुलिस बलहरूको शीर्ष प्रतियोगितामा आईटीबीपीका हिमवीरहरू विजयी

itbp_1680256071.jpeg.jpg

नयाँ दिल्ली: भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी)-ले राष्ट्रीय सुरक्षा गार्ड (एनएसजी)-द्वारा आयोजित १३औं अखिल भारतीय पुलिस कमाण्डो प्रतियोगिता (एआईपीसीसी)-२०२३ मा विजय हासिल गरेको छ। प्रतियोगितामा केन्द्रीय सशस्त्र पुलिस बलहरूसहित राज्य पुलिस बलहरूका २४ शीर्ष कमाण्डो टीमहरूले भाग लिएका थिए।
आईटीबीपीका प्रवक्ता विवेक पाण्डेयले शुक्रबार बताएअनुसार विशिष्ट पर्वत-प्रशिक्षित बल आईटीबीपीले पहिलो पटक यो प्रतियोगितामा विजय हासिल गरेको छ। एघार दिवसीय यस प्रतियोगिताको उद्घाटन २१ मार्चमा भएको थियो। आज यसको समापन समारोहमा मानेसरमा आयोजना भयोl यो प्रतिष्ठित प्रतियोगिता देशका पुलिस बलहरूबीच सबैभन्दा कठिन प्रतियोगिताहरूमध्ये एक हो। प्रतियोगिता ट्रफी बाहेक आईटीबीपी टीमले फायरिङ र रणनीतिमा सर्वश्रेष्ठ ट्रफी हत्याएको छ। प्रतियोगिताको आयोजना अखिल भारतीय पुलिस खेल नियन्त्रण बोर्डद्वारा गरिएको थियो। राष्ट्रिय स्तरको यस प्रतियोगितालाई पुलिस बलहरूको शारीरिक क्षमता, सामरिक कौशल, मानसिक सशक्तता, निशानाबाजी कौशल, नेतृत्व गुण एवं श्रेष्ठ संगठन भावनामाथि सर्वश्रेष्ठ पुलिस कमाण्डो टीमको अनुमानको लागि डिजाइन गरिएको थियो। प्रतियोगिताको यो संस्करण महत्वपूर्ण छ किनभने कोभिडको कारणले पछिल्लो एघारौं र बाह्रौं संस्करण आयोजना हुनसकेन।
सन् १९६२ देखि यता सबैभन्दा कठिन जलवायु एवं क्षेत्रका परिस्थितिहरूमा भारत-चीन सीमा रक्षासहित आईटीबीपीको देशमा श्रेष्ठ कमाण्डो तयार गर्ने एक विशिष्ट इतिहास रहिआएको छ। अस्सीको दशकमा जटिल सुरक्षा चुनौतीहरूको आलोकमा बलले सन् १९८२ को एशियाली खेलहरूको सुरक्षाको लागि कमाण्डो प्रदान गरेको थियो। त्यसपछि सन् १९८३ मा सम्पन्न राष्ट्रमण्डल शासनाध्यक्षहरूको बैठक (सीएचओजीएम) र नयाँ दिल्लीमा गुटनिरपेक्ष आन्दोलन (एनएएम) सन् १९८३ को बैठकमा पनि बलका कमाण्डोहरूले नै सुरक्षा प्रदान गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement