दार्जिलिङ: दार्जिलिङ प्रेस गिल्डको वार्षिक साधारण सभा आज दार्जिलिङको एक होटलमा सम्पन्न भएको छ। उक्त वार्षिक साधारण सभामा पुरानो कमिटीलाई विघटन गरी चुनाव गरेर नयाँ कमिटी गठन गरिएको छ। पत्रकार मोहन लामाले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत सम्भाषण पत्रकार आशिष बान्तवाले राखेका थिए। यसै कार्यक्रममा सचिवको प्रतिवेदन पत्रकार केशर मोक्तानले राखेका थिए भने कोषाध्यक्षको हर हिसाब कोषाध्यक्ष विशाल राईले जानकारी गराएका थिए। यसै कार्यक्रममा दार्जिलिङ क्षेत्रका तीनवटा च्यानलहरू क्रमैले दार्जिलिङ टेलिभिजन, हिमाली च्यानल, टिस्टा रंगीतलाई दार्जिलिङ प्रेस गिल्डको तर्फबाट सम्मान गरिएको थियो। कार्यक्रममा प्रेस गिल्डको कार्यहरू विषयमा चर्चा परिचर्चा गर्दै गुनासोहरू र सल्लाह सुझावहरू पनि राखिएको थियो। यस क्रममा क्रमैले पत्रकारहरू धनराज घिसिङ, बिनय शंकर, सुनिल शंकर, अनिल बराईली, आदित्य राया, राजेस जोशी आदिले वक्तव्य राखेका थिए।

यसै वार्षिक साधारण सभामा नै पुरानो कमिटीलाई विघटन गरेर चुनावमार्फत् नयाँ कमिटी गठन गरिएको छ। दार्जिलिङ प्रेस गिल्डको नयाँ कमिटीमा सभापति दिप गजमेर, सचिव बिनय घिसिङ र कोषाध्यक्ष मोहन लामा निर्वाचित भएका छन्। आजको प्रेस गिल्डके वार्षिक साधारण सभा र नयाँ कमिटी गठन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पूर्व सभापति रबीन राई र पूर्व सचिव केशर मोक्तानले विस्तृत रूपमा जानकारी गराएका छन्।