गान्तोक: गेजिङ जिल्लाको उत्तरे थाना क्षेत्र अन्तर्गत होइली डाँडामा मरौं परेको घरबाट कसैले कन्डोलेन्स बक्स नै चोरी गरेको छ। यस घटनाको सम्बन्धमा अज्ञात आरोपित विरूद्ध मामिला दर्ता गरेर पुलिसले जाँच शुरू गरेको छ। पुलिस रिपोर्ट अनुसार, उत्तरेको होइली डाँडामा स्थानीय एक महिलाको अन्त्योष्टि क्रियाबाट कन्डोलेन्स बक्स चोरी गरिएको छ। २९ मार्चका दिन पीड़ित परिवार सबै काम समाप्त गरेर सुतेका थिए। ३० मार्च बिहान उठेर हेर्दा कन्डोलेन्स बक्स हराएको पाए। खोजीको क्रममा घर छेउ कन्डोलेन्स बक्स र लिफाहरू च्यातिएको स्थितिमा भेटिए। अज्ञात आरोपितले सबै पैसा लिएर गएको बताइएको छ। पुलिसले अज्ञात आरोपित विरूद्ध आईपीसीको धारा ३८० अन्तर्गत मामिला दर्ता गरेर जाँच शुरू गरेको छ।