प्रेसीडेन्सी जेलमै बस्ने जितेन्द्र तिवारी

IMG-20230329-WA0024.jpg

कोलकाता: कम्बल काण्ड मामिलामा पक्रा पर्ने भाजपा नेता जितेन्द्र तिवारी हाल प्रेसीडेन्सी जेलमै बस्नेछन्। भाजपा नेतालाई बिहिवार राति कोलकाताको एउटा अस्पतालमा रेफर गरिएको थियो। सूत्रहरू अनुसार, एसएसकेएम अस्पतालको आउट पेशेन्ट विभागमा उनको शारीरिक जाँच गरियो। चिकित्सकहरूले जितेन्द्र तिवारीलाई भर्ती गर्नुपर्ने आवश्यकता नरहेको बताए। यसपछि उनलाई प्रेसीडेन्सी जेल पठाइयो।उनको त्यहीं उपचार जारी रहनेछ। भर्ती भ्रष्टाचारका आरोपित राज्यका पूर्व मन्त्री पार्थ च्याटर्जी पनि त्यही जेलमा बन्द छन्। उल्लेखनीय छ, जितेन्द्र तिवारी बुधवार आसनसोल सुधार गृहमा बिमार भएका थिए। उनलाई तत्काल आसनसोल जिल्ला अस्पतालमा भर्ती गरियो। त्यहाँबाट उनलाई बिहिवार बर्दवान मेडिकल कलेज अस्पताल ल्याइयो। शुरूमा उनलाई अस्पतालको पुलिस सेलमा राखिएको थियो। उनको ह्रदय सम्बन्धी समस्याहरूको जाँच गरियो भने सबै रिपोर्ट नेगेटिभ आयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement