गुवाहाटी: असम सरकारले असमिया संस्कृतिको जल्दोबल्दो रूपमा विख्यात बिहू र बिहू नृत्यलाई वैश्विक पहिचान दिलाउनका लागि धेरै प्रयास गरिरहेको छ। यसको मध्यनजर अब बिहूको स्वागतको तयारीहरू राज्यभर धूमधामले चलिरहेको छ। शिवसागर जिल्लामा पनि यस अवसरमा बिहूको तयारीहरू धूमधामले चलिरहेछ। आउँदो महिना १४ अप्रेलमा गुवाहाटीको सोरूसजाई स्टेडियममा आयोजित हुने कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित रहनेछन्। १४ अप्रेलमा बिहू नृत्यको एक विश्व रेकर्ड बनाइनेछ। सरकार राज्यका विभिन्न हिस्साहरूमा बिहू नृत्युको प्रशिक्षण आयोजित गराइरहेछ। यही क्रममा शिवसागरको एतिहासिक रंगघर बाकरीमा ३५० बिहुवा-बिहुवतिहरू (पुलिस-महिला नृत्य कलाकार) लाई तालिम पनि दिइएको छ।
शिवसागर ढोलिया (ढोल वादक) र नाचनी (नृत्य कलाकार) गिनीज बुक अफ रेकर्ड्सको निम्ति पूर्ण रूपमा तयार छ। असम सरकारको पहलअन्तर्गत १४ अप्रेलमा गुवाहाटीको सोरूसजाई स्टेडियममा आयोजित हुने गिनीज बुक अफ रेकर्ड्सको निम्ति शिवसागरका चार निर्वाचन क्षेत्रहरूमा लगभग ८४० नाचनी र ढोलियाले तालिम लिएका छन्। शिवसागरको एतिहासिक रंगघर बाकरीमा पनि द्रुत गतिमा तयारी चलिरहेको छ।