हावडा: हिंसात्मक घटनाले रणक्षेत्रमा परिणत

Howrah-Clash.jpeg.jpg

हावडा: पश्चिम बङ्गालमा राम नवमीको एक दिन पछि आज फेरि हिंसा उत्पन्न भयोl हावडामा उपद्रवीहरूले ढुंगामुढा हानेर उपद्रो मच्चाए।
हिज बिहीबार देशभरि रामनवमीको अवसरमा विभन्न राज्यहरूमा हिंसा र आगजनीको खबर पनि आएको थियो। बिहीबार पश्चिम बङ्गालको हावडा र उत्तर दिनाजपुर जिल्लामा जुलुसका क्रममा हिंसात्मक झडप भएको थियो। हावडाको शिबपुर र उत्तर दिनाजपुर जिल्लाको इस्लामपुरको दलखोलामा पनि हिंसा भएको थियो। हावडाको शिबपुरमा दुई समूहबीच ढुंगा हानाहान भएको समाचार छ। हिंसा नियन्त्रणका लागि एडीजी आईबी मनोज वर्मा र दक्षिण बङ्गालका एडीजी सिद्धान्त गुप्त घटनास्थलमा पुगेको समाचार छ।
हिंसाको दोस्रो घटना इस्लामपुरको दलखोलामा भएको छ। यहाँ पनि जुलुसका क्रममा दुई समूहबीच ढुंगा हानाहान भएको थियो। यसमा एकजना युवकको मृत्यु भएको छ भने पाँच छजना पुलिस घाइते भएको समाचार छ। हिंसाका क्रममा युवकको हृदयघातका कारण मृत्यु भएको पुलिसको भनाइ छ। दुवै घटनामा हालसम्म ३६जना पक्राउ परेको समाचार छ।
मुख्यमन्त्री ममता ब्यानर्जीले यी घटनाका लागि भाजपालाई दोष दिएकी छिन्। भाजपाको नाम नलिई मुख्यमन्त्री ममता ममता ब्यानर्जीले भनिन्, ‘उनीहरुको जुलुसलाई कसैले रोकेन, तर तरवार र बुलडोजर लिएर मार्च गर्ने अधिकार छैन।’ विशेष गरी एउटा समुदायलाई लक्षित र आक्रमण गर्नको लागि किन अनाधिकृत बाटो रोज्ने? सधैं हावडा, पार्क सर्कस र इस्लामपुरलाई निशाना बनाएको छ।’

यता यसबारेमा भाजपाका नेता शुभेन्दु अधिकारीले यस घटनाको सीबीआई जाँच गर्ने माग गर्दै कोलकाता उच्च अदालत गएका छन्। उहाँले कार्यवाहक प्रधानन्यायाधीश टीएस शिवगननम र न्यायाधीश हिरण्मय भट्टाचार्यको पीठको ध्यानाकर्षण गराउनुभएको छ। अदालतले यस मुद्दालाई स्वीकार गरेको छ भने आउँदो सोमबार सुनुवाइ हुने सम्भावना रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement