मलाई ठेकादारीमा ७ प्रतिशतको मांग गरेकै हो: पुकार तामाङ
दार्जीलिङ: “अन्याय विरूद्व बोल्दा जेल जानु पर्छ भने जेल जानु पनि तयार छु”- यो मनतब्य हाम्रो पार्टीको मिरिक महकुमा अध्यक्ष प्रशान्त लामाले पोखेको हो। गत तीन दिन अधि ठेकेदार पुकार तामाङ र मिरिक महकुमा समितिको हाम्रो पार्टी अध्यक्ष प्रशान्त लामाले जीटीए चीफ अनित थापाले ठेकादारीमा ७ प्रतिशतको मांग गरेको सर्वजनिक गरेपछि मिरिकको सभासद मिलेश राई एंव भागोप्रमोको नेतृत्वले उनीहरू विरूद्ध मिरिक थानामा प्राथमिकी दर्ता गरेका छन। यसै संदर्भमाथि हाम्रो मिरिक महकुमा समिति अध्यक्ष प्रशान्त लामाले अन्य विरूद्ध बोल्दा जेल जानु पर्छ भने म जेल जानु पनि तयार छु तर अन्याय,अत्यचार, भष्ट्रचार, धाधलीहरू विरूद्ध आवाज उठाई रहनेछु भन्ने, तिनले बताए। तिनले अझ भने सभासद मिलेश राईले आफुहरू विरूद्ध मिरिक थानामा प्राथमिकी दर्ता गरेको जानकारी हामीले समाजिक संजालको माध्यमद्वारा पायौ,जीटीए सभाको सत्ता चौकीमा बस्नेहरूले ठेकेदारीहरूमा ७ प्रतिशतको मांग गर्दै आईरहेको विषय जनताअधि खुल्ला किताव जस्तै स्पष्ट छ, ठेकेदार भाइ पुकार तामाङलाई पनि ७ प्रतिशतको मांग गरेको प्रमाण हामीले जनताअधि राखीदिदा सायद उनीहरूले सहन गर्न नसक्दा हामीहरू विरूद्ध प्राथमिकी दर्ता गरेको हो – लामाले भने। केन्द्रको घर-जल योजनामा पुकार तामाङले टेण्डर हालेको दिनदेखि उनीमाथि दबाव आउँन शुरू भएको हो, यहाँसम्म की सभासद मिलेश राई एक विहानै पुकार तामाङको घरमा आएर उनको फोनबाट अनित थापासंग टेलिफोनिक बात गराएकै हो अनि जीटीए चीफ अनित थापाले केन्द्रको घर जल योजनाको काम छोडने अनुरोध गर्दै जीटीएको काम दिने वाचा समेत गरेकै हो, ठेकेदार पुकार तामाङले उनीहरूको प्रस्तावलाई अस्वीकार गर्दा अन्तमा ठेकेदारीबाट ७ प्रतिशतको मांग पनि गरेकै हो,हामीले यी सवै विषयहरू जनता अधि खुलासा गर्दा उनीहरूलाई सहन भएन अनि हामी विरूद्ध मिरिक थानामा एफआईआर दर्ता गरेको हो, भागोप्रमोको यस्तो कार्यहरूले उनीहरूको नियत कस्तो छ भन्ने स्पष्ट हुन्छ, भन्ने अध्यक्ष लामाले बताए।तिनले अझ भने- पुकार तामाङ र मेरो ब्यक्तिगत सम्बन्ध छ,त्यसरी नै अन्य राजनैतिक दलहरूमा रहेका नेतृत्वहरूसंग पनि मेरो ब्यक्तिगत सम्बन्ध छ। कुनै पनि साथी-भाइहरूलाई परेको खण्डमा हामी पार्टी पोलिटिक्सदेखि माथि उठेर काम गर्दै आईरहेका छौ,अन्यायको विरोधमा बोल्दा नै कानून लाग्छ भने जेल जानु पनि तयार छु अनि आउने दिनहरूमा पनि अन्यायको विरोधमा यसरी नै बोली रहनेछु साथै भ्रस्टचार, धाधलीको विरूद्ध पनि आवाज उठाईरहनेछु, लामाले भने। यसरी नै ठेकेदार पुकार तामाङले आफुहरू विरूद्ध प्राथमिकी दर्ता गरेको हामीले समाजिक संजालहरूको माध्यमद्वारा हेर्ने र बुझने मौका पायौ तर सभासद मिलेश राईले मलाई तोरमा जस्तो भन्ने शब्द प्रयोग गरेको पाऍ, तर तोरमा भनेको हामी बौद्ध धर्मको एउटा ठूलो प्रसाद हो, तर तपाईले हाम्रो पवित्र प्रसादलाई अपमान गर्नु भएको छ अनि यसको जवाफ तपाईलाई हाम्रो समाज अनि संस्थाले राम्रो प्रकारले दिनेछ।तिनले अधि भने,हामी तपाईहरू विरूद्ध कुनै प्रकारको प्राथमिकी दर्ता गर्ने छैनौ अनि हाम्रो विमारी सोच पनि छैन अनि मामला कसले दर्ता गर्छ अनि कस्तो प्रकारले दर्ता गर्छ शायद तपाईले एसटी, एससी एक्टहरूको बारेमा सुन्नु भएकै होला हेर्दै जानोस ठेकादार तामाङले भने।तिनले अधि भने अनित थापाले मेसेज़द्वारा ७ प्रतिशतको मांग गरेकै हो तर तिनले आफुले गरेको मेसेज डिलिट गरेको हुनाले तपाईहरूले देख्न नसकेको मात्र हो,जीटीए सत्ताको चौकीमा बस्नेहरूले ठेाकादारीमा ७ प्रतिशतको मांग गर्दै आईरहेको पहाड लगायत तराई डुवर्स सवैलाई थाहा भएकै विषय हो,आगो नफुकी धुवा कहाँ आउँछ, तामाङले भने।