जलपाइगढी: मुख्यमन्त्रीले डीए र अन्य मागहरूको लागि आन्दोलन गरिरहेका सरकारी कर्मचारीहरूप्रति अपमानजनक टिप्पणी गरेका छन्। यही आरोपमा संग्रामी संयुक्त मञ्चको छत्र छायाँमा एकजुट भएर संगठनले विरोध प्रदर्शन गरेको छ। यसै अन्तर्गत शुक्रबार जलपाइगढी जिल्लाका विभिन्न शैक्षिक संस्था र सरकारी कार्यालयमा विभिन्न संघ संस्थाले विरोध कार्यक्रम आयोजना गरेका छन्। छातीमा कालो ब्याच लगाएर प्रदेश सरकारका कर्मचारीहरूले जिल्लाभर धिक्कार र्याली निकालेका छन्।
यसै सन्दर्भमा निखिल बंग प्राथमिक शिक्षक संघका जिल्ला सहायक सचिव निलाद्री अधिकारीले मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा प्रदेशका सरकारी कर्मचारी र शिक्षकहरूको अपमान गरेको भन्दै आफ्नो अभिव्यक्ति फिर्ता लिन मांग गरेका छन्।