जलपाइगढी: मुख्यमन्त्री ममता ब्यनर्जीले अपमानजनक टिप्पणी गरेकी छिन्। मुख्यमन्त्रीले दिएको अपमानजनक टिप्पणीको सरकारी कर्मचारी युनियनले कडा शब्दमा निन्दा गरेको छ। यसको विरोधमा सरकारी कर्मचारीहरूले जलपाइगढी सहरमा विरोध र्याली निकाले। विरोध र्याली साथ पूरै जलपाइगढी शहरको परिक्रमा गरे। मुख्यमन्त्रीले गरेको आपत्तिजनक अभिव्यक्तिलाई तत्काल फिर्ता लिन सरकारी कर्मचारीको माग छ। घटनाप्रति आक्रोशित सरकारी कर्मचारीले सहरमा विरोध र्याली निकालेका छन्। राज्य सरकारी कर्मचारी संयुक्त मञ्चको तर्फबाट निकालिएको र्यालीमा विभिन्न सरकारी निकायका सयौं कर्मचारी, शिक्षक र शिक्षाकर्मी सहभागी थिए। उनीहरुले जलपाइगढी सहरका विभिन्न सडकमा घुमेर मुख्यमन्त्रीले दिएको अपमानजनक टिप्पणी फिर्ता लिन माग गर्दै नाराबाजी गरे।