नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.६५ करोड (९५.२० करोड दोस्रो डोज र २२.८६ करोड सुरक्षा खोप) खोपहरू लगाइएको छ। पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ५३ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको संख्या १५ हजार २०८ छ भने सक्रिय मामला दर ०.०३ प्रतिशत छl हालको स्वस्थ दर ९८.७८ प्रतिशत छ भने पछिल्लो २४ घण्टामा १ हजार ३९० जना स्वस्थ भएका छन्l अहिलेसम्म स्वस्थ हुनेको संख्या ४ करोड ४१ लाख ६९ हजार ७११ छl पछिल्लो २४ घण्टामा ३ हजार ९५ नयाँ संक्रमित थपिएका छन्l दैनिक सक्रिय मामला दर २.६१ प्रतिशत छ भने साप्ताहिक सक्रिय मामला दर १.९१ प्रतिशत रहेको छl हालसम्म ९२.१५ करोड परीक्षण, पछिल्लो २४ घण्टामा १,१८,६९४ जाँच गरिएको छl –पीआईबी