३१ मार्चः आफ्नो पहिलो प्रयासमै च्याम्पियन बन्ने गुजरात टाइटन्स र चारपल्टको च्याम्पियन चेन्नई सुपर किंग्सबीच म्याचको साथ इण्डियन प्रीमियर लीग (आईपीएल) को १६औं सीजन शुक्रवारदेखि शुरु हुनेछ। हार्दिक पाण्ड्याको कप्तानीमा रहने गुजरात टाइटन्सले गत सीजनमा पहिलोपल्ट खेल्दै सबैलाई चकित बनाएर ट्रफी जितेको थियो। यसरी नै एमएस धोनी जस्ता दिग्गजको कप्तानीमा रहने चेन्नई सुपर किंग्सको टीम चाहिँ गत सीजनको फ्लप प्रदर्शनलाई भुलेर यस साल नयाँ शुरुवात गर्न चाहन्छ। आईपीएलको उद्घाटन म्याच अघि धोनीको चोटले चाहिँ चेन्नईको मुश्किल बढ़ाएको छ। भारतका पूर्व कप्तान ४१ वर्षीय धोनीलाई चेन्नईमा अभ्यास सत्रको अवधि घुँड़ामा चोट लागेको थियो। यसैकारण उनले बिहीवार टीमको अभ्यास सत्रमा हिस्सा लिएनन्। आईपीएलको यस सीजनमा इम्प्याक्ट प्लेयर-को नयाँ नियम रोचक हुनेछ। यस नियमअन्तर्गत दुवै टीम १२-१२ जना खेलाड़ीको साथ खेल्नेछ, जसमा मैदानमा पहिला झैं ११ जना खेलाड़ी रहनेछन्। फूटबलमा सब्स्टीट्यूड खेलाड़ी झैं आईपीएलमा पनि टीमहरूले कुनै पनि समय कुनै पनि खेलाड़ीलाई बद्लिन सक्नेछ। आईपीएलको उद्घाटन म्याच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ। म्याच साँझ ७:३० बजीदेखि शुरु हुनेछ।
टीमहरूः
गुजरात टाइटन्सः
हार्दिक पाण्ड्या (कप्तान), शुभमन गिल, कोना भरत, रिद्धिमान साहा, केन विलियम्सन, राहुल तेवतिया, अभिनव मनोहर, मोहम्मद शमी, प्रदीप सांगवान, आर साई किशोर, विजय शंकर, साई सुदर्शन, राशिद खान, शिवम मावी, म्याथ्यू वेड, ओडियन स्मिथ, उर्विल पटेल, दर्शन नालकण्डे, डेविड मिलर (पहिलो दुईवटा म्याचमा उपलब्ध रहनेछैनन्), जोश लिटल (पहिलो म्याचमा उपलब्ध रहनेछैनन्), यश दयाल, जयन्त यादव, नूर अहमद, अल्जारी जोसेफ।
चेन्नई सुपर किंग्सः
महेन्द्र सिंह धोनी (कप्तान), डेवोन कनवे, रुतुराज गायकवाड़, अम्बाती रायुडु, मोईन अली, बेन स्टोक्स, रविन्द्र जडेजा, अजिंक्य रहाणे, सिसण्डा मगाला, रविन्द्र जडेजा, शिवम दुबे, ड्वेन प्रिटोरियस, अहय मंडल, निशान्त सिन्धु, राजवर्धन हेंगरगेकर, मिचेल सेण्टनर, सुभ्रांशु सेनापति, सिमरनजीत सिंह, मथिसा पथिराना, महेश तिक्षणा, भगत वर्मा, प्रशान्त सोलंकी, शेख रशीद, तुषार देशपाण्डे।