रम्फू। मारवाडी युवा मञ्च गान्तोक सीटी शाखाले अखिल भारतीय मारवाडी युवा मञ्चको अमृतधारा योजना अन्तर्गत देवरालीको निजी बस स्ट्यान्डमा वाटर कुलर जडान गरेको छ। उद्घाटन समारोहमा गान्तोक नगरपालिका सम्पूर्ण सदस्य, गान्तोक प्रेरणा शाखाका सदस्यहरु, चालक संघका सदस्यहरुको विसेश सहभागिता रहेको थियो।

सिक्किममा प्लाष्टिकका बोतलहरू बन्द हुँदा सबैले पिउने पानीको समस्या झेल्नुपरेको थियो, त्यसैले यहाँ ठूलो संख्यामा पर्यटक र यात्रीहरु आउने गर्छन् र सबैले पानीको अभाव महसुस गरिरहेका थिए। आज अमृतधारा स्थापना भएपछि सबैले कामको खुब प्रशंसा गरे।