पाकिम: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलको साथमा अतिरिक्त महकूमा अधिकारी (विकास) रवीन सेवा र स्वच्छ भारत मिशन ग्रामीण (एसबीएमजी), पाकिम जिल्लाको टोलीले हिजो नाम्चेबुङ जीपीयूमा जिल्लास्तरीय ओडीएफ प्लस प्रमाणीकरण प्रक्रियाको जायजा लिए। यस अवसरमा जिल्ला प्रशासनको टोलीले स्थानीय स्कूल, आइसीडीएस केन्द्र, सीएससी, जीपीके आदिको भ्रमण गऱ्यो।
स्वच्छ भारत मिशन ग्रामीणअन्तर्गत स्थानीय पञ्चायतहरूले गरेको कामलाई देखेर जिल्लापाल टाशी छोपेलले सन्तुष्टी जाहेर गरे। उल्लेखनीय छ, ओडीएफ प्लस गाउँ एउटा यस्तो गाउँ हो जसले आफ्नो खुला दिसामुक्त (ओडीएफ) स्थितिलाई कायम राख्छ, ठोस र तरल फोहोर व्यवस्थापन सुनिश्चित गर्दछ र दृश्यात्मक रूपमा सफा हुन्छ। यसमा गाउँका सबै घरपरिवारका साथै प्राथमिक विद्यालय, पञ्चायत घर र आङ्गनवाडी केन्द्रमा शौचालयको पहुँच भएको र सबै सार्वजनिक स्थानहरू र कम्तीमा ८०% घरपरिवारले आफ्नो ठोस र तरल फोहोरको प्रभावकारी व्यवस्थापन गर्ने र त्यसको व्यवस्थापन गर्ने कुरा समावेश गर्दछ।