सिङताममा सिक्किम एडहक एसिस्टेन्ट प्रोफेसर्स वेलफेयर सोसाईटीको आमसभा

IMG-20230330-WA0005.jpg

गान्तोक: सिक्किम एडहक एसिस्टेन्ट प्रोफेसर्स वेलफेयर सोसाईटीको आज सिङतामस्थित सामुदायिक भवनमा आमसभा सम्पन्न भयो। यस अवसरमा राज्यका दसवटा महाविद्यालयका एसिस्टेन्ट एडहक प्रोफेसर्सहरूले सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै समितिका अध्यक्ष आशिष लेप्चाले विशेष गरेर राज्य सरकारले एडह्क शिक्षकहरूको निम्ति तयार गरेको नयाँ नीतिबारे विस्तृतरूपमा जानकारी गराए। वर्तमान सरकार शिक्षाको क्षेत्रमा अति नै गम्भीर रहेको बताउँदै एडह्क शिक्षकहरूको निम्ति नयाँ नीति तयार गरेको अवगत गराए। उनले जानकारी गराए अनुसार राज्य सरकारले आठ वर्षसम्म कार्यरत अस्थायी शिक्षकहरूलाई स्थायीकरण गर्ने नीति तयार गर्नको साथै नोटिफिकेसन पनि जारी गरिसकेको छ। यसै अन्तर्गत यो वर्ष धेरै जना अस्थायी शिक्षकहरू स्थायी भएको बताए। पूर्व सरकारमा अस्थायी शिक्षकहरूको निम्ति कुनै प्रकारको नियम नभएको हुनाले गर्दै २० वर्षसम्म अस्थायी शिक्षककोरूपमा काम गर्दा पनि स्थायीकरण हुन नसकेको अवगत गराए। वर्तमान सरकारले अस्थायी शिक्षकहरूको समस्यालाई ध्यानमा राख्दै नयाँ नीति तय गरेको र यो नीति पूर्णरूपमा अस्थायी शिक्षकहरूको हितमा रहेको जानकारी गराए।सोही प्रकारले आजको कार्यक्रममा समितिका महासचिव दिपङ्कर राईले यस समितिको स्थापना वर्ष २०२१मा भएको र १ मार्चको दिन राज्य सरकार अधिनस्थ पञ्जीकरण भएको अवगत गराए। उनले जानकारी गराए अनुसार हाल राज्यमा एडह्क एसिस्टेन्ट प्रोफेसर्सको संख्या २३० जना रहेको छ। उनले शिक्षकहरूलाई आफ्नो अधिकार मात्र नखोजेर कर्तव्य पनि पालन गर्नु पर्ने सुझाउ दिए।आजको यस कार्यक्रममा खुल्ला अन्तक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो, जसमा विभिन्न महाविद्यालयका सह प्रध्यापकहरूले मनमा उत्पन्न भएको प्रश्नहरू कार्यकारी समिति समक्ष राखे। कार्यक्रममा समितिका कोषाध्यक्ष प्रदीप शर्माले समितिको अहिलेसम्मको आय व्यायबारे विस्तृतरूपमा अवगत गराए। यस सभामा विभिन्न प्रकारको प्रस्ताव पनि पारित गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement