गेजिङ: देन्ताममा आयोजित 9 दिवसीय श्रीमदभागवद महापुराण ज्ञान महाज्ञान आज समापन भयो। समापन कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्यमन्त्रीको उपस्थिति रहेको थियो।कार्यक्रम स्थलमा उपस्थित भएपछि मुख्यमन्त्री तामाङले मा जल्पा देवी मन्दिरमा सिक्किम राज्य अनि सिक्किमेहरूको निम्ति पूजा अर्चना गरे। यस पछि उनले श्रीमद भागवद महापुराण ज्ञान महाज्ञान कार्यक्रममा सहभागिता जनाए। कार्यक्रममा विभिन्न संगितवाधक अनि गायकहरुले भक्ति संगीत पनि प्रस्तुत गरे। मुख्यमन्त्री तामाङले सम्पूर्ण भक्तजन अनि उपस्थित क्षेत्रवासीसँग आत्मीयता आदान प्रदान गरे।कार्यक्रममा उपस्थिति दिएकोमा मन्दिर समितिद्वारा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई सम्मान जनाइयो। मुख्यमन्त्री तामाङले मन्दिर समितिलाई आफ्नो पक्षबाट २० लाख रुपियाँको सहयोग राशि पनि प्रदान गरे।जानकारी गराइन्छ, गत २२ मार्चदेखि शुरु भएको श्रीमद भागवद महापुराण ज्ञान महाज्ञान आज रामनवमी अवसरमा समापन कार्यक्रम आयोजन गरिएको हो। आजको समापन कार्यक्रममा मुख्यमन्त्रीको राजनीतिक सचिव जेकब खालिङ, सूचना तथा जनसम्पर्क विभागका सल्लाहकार बिरेन्द्र तामलिङ, सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरुङ, सोरेङ जिल्लाका जिल्लापल भीम ठटाल लगायत अन्यको पनि उपस्थिति रहेको थियो।