गान्तोक: आज रामनवमी हो। सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेतीले रामनवमी (चैते दशैं) को शुभ अवसरमा सिक्किम साथै विश्वभरिका मानिसहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। विधानसभा अध्यक्ष उप्रेतीले आफ्नो आधिकारिक फेसबुक पेजमा भनेका छन्, यो हाम्रो निम्ति भगवान रामको जीवनबाट प्रेरणा लिने अवसर हो, जो व्यापक भलाईको निम्ति निःस्वार्थ कर्मका उदाहरण हुन्।
उनले यो नराम्रोमाथि राम्रोको विजयको प्रतीक रहेको बताउँदै भगवान रामको जीवनबाट सत्य, इमानदारी र कर्तव्यको भक्ति मार्गमा लागौं भनी बताएका छन्। भगवान रामले सबैमा आशीर्वाद, खुशी, शान्ति र समृद्धि प्रदान गरुन् भनी अध्यक्ष उप्रेतीले कामना पनि गरेका छन्।