कालीझोडा शाखाद्वारा ग्राम पञ्चायत अधिकारीलाई ज्ञापन

IMG_20230330_222758.jpg

मङ्पु: आज सिटोङ ३ ग्राम कार्यालयमा पुगेर क्रामाकपा कालीझोडा शाखाको एउटा प्रतिनिधि टोलीले विभिन्न मागलाई लिएर कार्यकारी सहायक लाक्पा शेर्पा अनुपस्थिति रहेकोले भारप्राप्त सचिव सरोज थापालाई ज्ञापन चढाए। उक्त स्मारक पत्रमा कालीझोडादेखि ग्राम पञ्चायत कार्यालयको दुरत्व धेरै टाडा भएको हुँदा यातायातको असुविधा छ जसको कारण छुट्टै कालीझोडा ग्राम पञ्चायतको माग उठेको हो तर राज्य सरकारले पञ्चायत अधिनियम संशोधन गरेर नयाँ ग्राम पञ्चायत बन्ने – सम्भावनाको मुहान नै बन्द गरिदिएको छ। यसैले राज्य सरकारले २० सितम्बर २०२२ मा पारित गरेको बिलको बिरोध गर्दै खारेज गरिनु पर्छ। उक्त ऐनको कारण सिटोङ -३ को ३० जना पञ्चायत सदस्य हुनेलाई घटाएर १५ जना गरिदिएको छ। त्यसरी नै पहिलो पल्ट एमजीएनआरईएस (सय दिने काम वर्ष २०२१-२२ मा पाँच वटा स्किम पाएको थियो, यो कार्य समाप्त भएको डेढ वर्ष भई सक्दा पनि पसिना चुहाएर मेहनत गर्ने श्रमिकहरूले रोज नपाउनु अन्याय हो, उनीहरूको रकम चाँडै भुक्तान गरिनु पर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement