सिलगढी: आज विधिवत् रूपमा एनजेपी गेटबजारमा ९५० मिटर सीसी रोडको मेयर गौतम देवले उद्घाटन गरे। सिलगढीका वर्तमान मेयर गौतम देवले सिलगढी नगरनिगमको वार्ड नम्बर ३३ बाट चुनाउ लडेका थिए। चुनाउ प्रचार अवधि तिनले वार्डमा विकासमूलक कार्यहरू गर्ने वाचा गरेका थिए। त्यहीँ बाचा अनुसार एनजेपीको गेटबजारमा ९५० मिटर सीसी रोडको काम शुरू गरेको थियो। तिनले आज उक्त सड़कको उद्घाटन गरे। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद माणिक दे, कमल अग्रवाल, शोभा सुब्बा, रञ्जन शील शर्मा, जयन्त राय लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए। यस अवधि मेयर गौतम देवले भने, सिलगढी नगरनिगमले सहरको सबै बजारको सडकहरूलाई नयाँ प्रकारले बनाउने निर्णय लिएको छ। हाल केही काम पुरा भइसकेको छ। यसबाहेक एसजेडीको कोषबाट गेटबजारमा एउटा शौचालयको निर्माण गरिरहेको छ। तथापि, केही काम बाँकी रहेकोले यसलाई चाँडै पुरा गरिनेछ।