तकदाह: तकदाह टिस्टा भेल्ली समष्टीको तकदाह होम बस्तीमा पिउने पानीको परियोजनाको शिलान्यास भएको छ।तकदाह टिस्टा भेल्ली समष्टिका सभासद डेण्डुप पाखरीनले आज शिलान्यास गरे। शिक्षक श्याम राईको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास कार्यक्रममा सभासद डेण्डुप पाखरीन मुख्य अतिथिका रूपमा उपस्थित रहेको थिए। सभासद पाखरीन कै बाहुलीबाट पानीको मूल स्रोतमा पूजा गरेर उक्त परियोजनाको विधिवत रूपमा शिलान्यास गरियो। युवा नेता दावा भोटियाले सञ्चालन गरेको कार्यक्रममा ठेकेदारहरू दावा शेर्पा, निमा भोटिया लगायत युवा शक्ति केन्द्रिय समितिका सहसचिव अतीत गुरुङ, शरण छेत्री, योगराज राई, मनोज राई, प्रितम छेत्री, सुमन भुजेल आदि उपस्थित थिए। आज शिलान्यास गरेको पिउने पानी तकदाह होम बस्तीका मोठ १५ परिवारले उपभोग गर्नेछन्।