भारत भ्रमणमा एयर रुटबारे कुरा गर्ने नेपालका प्रधानमन्त्री प्रचण्डको भनाई

Untitled-1-copy-84

काठमाडौंः नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जाँदा नेपालको एयर रुटसँग सम्बन्धित विषय उठाउने खुलाएका छन्। उनले लुम्बिनीमा सहज हवाई सेवा सञ्चालनका लागि एयर रुटबारे प्राथमिकताका साथ कुरा उठाउने बताएका हुन्। आज विहान चितवन जिल्लाको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उदघाटन गर्दै प्रचण्डले भने, भारत भ्रमणमा जाँदा नेपालको एयर रुटसँग सम्बन्धित विषय र लुम्बिनीमा सहज हवाई सेवा सञ्चालन गर्ने विषय प्राथमिकताका साथ उठाउने तयारी गरिसकेको छु। नेपालले नयाँ निर्माण गरेको लुम्बिनी र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारत हुँदै नेपाल प्रवेश गर्ने नयाँ एयर रुट माग्दै आएको छ। जसमध्ये नेपालको महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा र जनकपुरतर्फ भारतबाट प्रवेश गर्ने एयररुट छन्। ती एयररुटबाट नेपाल छाड्न दिए पनि प्रवेश गर्न अनुमति छैन। यसले नयाँ अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा समस्या आइरहेको छ।

नेपाल प्रवेश गर्न सिमरातर्फको एयर रुट मात्र भारतले अनुमति दिएको छ। यो एयररुट काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने विमानका लागि हो।यसैगरी, प्रचण्डले आज हुने भनिएको मन्त्रिमण्डल विस्तार भोलि शुक्रवार हुनसक्ने बताएका छन्। उनले केही मन्त्रालय कुन दलले पाउने भन्ने मिलाउन बाँकी रहेको खुलासा गर्दै यस्तो बताएका हुन्। प्रचण्डले भने, एक दुईवटा मन्त्रालय थोरै मिलाउन बाँकी छ। आज नसकिए भोलि विहान मन्त्रिमण्डल विस्तार गर्ने प्रचण्डले बताए। यसअघि बुधवार बसेको १० दलको बैठकले मन्त्रालयको संख्या टुङ्गो लगाएको थियो । तर, मन्त्रालयहरूको टुङ्गो लगाउन भने अझै बाँकी रहेको खुलाइएको थियो। तर, आजै मन्त्रिमण्डल विस्तार हुने खुलाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement