कालचिनी- राज्य सरकारद्वारा १५ प्रतिशत रोज वृ्द्धिको घोषणाले श्रमिक अनि चिया उद्योगको सबै कर्मचारीहरूको स्वार्थ पुरा नभएकोले स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीद्वारा बुधबार राज्यको श्रमायुक्त समक्ष एउटा ज्ञापन सुम्पिएको थियो भने सो ज्ञापनमा राज्यको श्रम विभागले दिएको वचन विरुद्ध उक्त अन्तरिम रोज वृ्द्धिको घोषणाले सबै दङ्ग परेको बताईएको थियो। श्रम विभागद्वारा जारी उक्त मेमोरेन्डमले न्युनतम रोजको आन्दोलनलाई अमान्य गर्दै अवाञ्छित, अनैतिक औ अलोकतान्त्रिक बनाएको र अन्तरिम रोज वृ्द्धिको घोषणालाई केही व्यक्ति औ संगठनहरूले गुनगान गरिरहेको जबकि वर्तमान मुद्रास्फीतिको तुलनामा यो नगण्य रहेकोले यसलाई फिर्ता लिन निवेदन गर्दै यदि यो महीनाको अन्तसम्म तथा आगामी ४ जुलाईसम्म यदि त्रिपक्षीय बैठक बोलाएर समाधान नगरिए स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटी अनिश्चितकालिन हड़तालमा ओर्लिन बाध्य हुने बताईएको थियो।
आज सो बमोजिम स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीको आह्वानमा मेचपाड़ा चियाबारीमा एउटा गेटसभाको आयोजना गरिएको थियो। उक्त गेटसभामा अन्तरिम १५ प्रतिशतको रोज वृ्द्धि चियाबारी श्रमिक अनि अन्य कर्मचारी कसैको हितमा नरहेकोले आगामी ३ जुलाईसम्म पनि यदि यस सम्बन्धमा सरकार तथा श्रम विभागले त्रिपक्षीय बैठक नबोलाए सबैलाई समेटेर स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीले अनिश्चितकालीन हड़ताल गर्ने कुराको जानकारी गराउनलाई नै आज गेटसभा गरिएको स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीको पक्षबाट कुमार लामा र अमल लामाले जनाएका छन्। यस सम्बन्धमा श्रमायुक्त समक्ष प्रेषित ज्ञापन पत्रको जानकारी कमानको सुपरिन्टेन्डेन्ट समक्ष पनि दिएको जनाएका छन्।










