देन्ताममा आयोजित ९ दिवसीय श्रीमद देवी भागवत महापुराण ज्ञान महायज्ञको समापन

Untitled-1-copy-83

गेजिङः देन्ताममा आयोजित ९ दिवसीय श्रीमद देवी भागवत महापुराण ज्ञान महायज्ञको आज समापन भयो। समापन कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थिति थिए। मुख्यमन्त्री तामाङले मॉं जल्पा देवी मन्दिरमा सिक्किम राज्य अनि सिक्किमेहरूको निम्ति पूजा अर्चना गरे। यसपछि उनले श्रीमद देवी भागवत् महापुराण ज्ञान महायज्ञमा सहभागिता जनाए। ज्ञान महायज्ञमा उपस्थितिको निम्ति मन्दिर समितिद्वारा मुख्यमन्त्री तामाङलाई सम्मान जनाइयो। मुख्यमन्त्री तामाङले मन्दिर समितिलाई आफ्नो पक्षबाट २० लाख रुपियाँको सहयोग राशि प्रदान गरे।

जानकारी गराइन्छ, गत २२ मार्चदेखि शुरु भएको श्रीमद देवी भागवत महापुराण ज्ञान महायज्ञ आज रामनवमीको अवसरमा समापन भएको छ। समापन कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, सूचना तथा जनसम्पर्क विभागका सल्लाहकार बिरेन्द्र तामलिङ, सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरुङ, सोरेङ जिल्लाका जिल्लापल भीम ठटाल लगायत अन्यको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement