– रामनवमी जुलूसलाई लिएर भनिन्ः मुस्लिम क्षेत्रमा हमला भयो भने छोड्ने छुइन
कोलकताः केन्द्र सरकार विरूद्ध बुधवार दिउॅंसोदेखि धरनामा बसेकी मुख्यमन्त्री ममता ब्यानर्जीले दोस्रो दिन बिहिवार रामनवमी जुलुसलाई लिएर चेताउनी दिएकी छन्। उनले यदि मुस्लिम क्षेत्रहरूमा कुनै पनि प्रकारको हमला भए कड़ा कारबाही गर्ने चेताउनी दिएकी छन्।
कोलकातामा आज रामनवमीको दिन ४४ शोभायात्रा निकालिने छन्। यसलाई लिएर सुरक्षाको कड़ा व्यवस्था गरिएको छ। यस बीच बिहिवार बिहान मुख्यमन्त्री ब्यानर्जीले रामनवमी शोभायात्रा निकाल्नेहरूलाई चेताउनी दिॅंदै भने, यदि कुनै पनि मुस्लिम क्षेत्रमा हंगामा अथवा हिंसक हमला भयो भने कसैलाई छोड्ने छुइन। आज सॉंझ ६ बजीसम्म ममता ब्यानर्जी धरनामा बस्नेछिन्। केन्द्र सरकारमाथि बंगालको हिस्साको राशि रोकेको आरोप लगाउॅंदै दुई दिन धरनामा बसेकी छिन्।