पुलिसको विरोध बीच रामनवमीको शोभायात्रा

288987f8-441c-4966-9bbc-420fecb0ed36

कुचबिहार: तुफानगञ्जको शालबारीमा पुलिसको विरोधको बीच रामनवमीको शोभायात्रा निकालियो। विश्व हिन्दु परिषद्का कार्यकर्ता र समर्थकले पुलिसको यस कार्यप्रति आपत्ति जनाएका छन् । यो घटनाका कारण उक्त क्षेत्रमा ठुलो तनाव देखिएको छ। लामो सङ्घर्षपछि केही समय शोभायात्रा निकालिएको बताइएको छ । विश्व हिन्दु परिषदले बिहीबार रामनवमीको अवसरमा बक्सिरहाट थाना क्षेत्रको शालबारी–१ ग्राम पञ्चायतको बारीपाडा क्षेत्रबाट शोभायात्रा निकाल्ने घोषणा गरेको बताइएको छ । शुरुमा पुलिसले शोभायात्रा निकाल्न अनुमति दिएको थिएन। पछि रामनवमीको शोभायात्राको बाटोमा बक्सिरहाट थानाको पुलिस उभिएको थियो ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement