अनित थापाले निर्माण गरिदिने भए ५० वर्ष पुरानो जागृति परिवारको भवन

00-1-250d3178-c92e-4806-837f-0cc317414674

खरसाङ: पचास वर्ष पुगेको खरसाङको नाट्य संस्था जागृति परिवारको जीर्ण अवस्थामा रहेको भवनमा आज जीटीएका मुख्य कार्यपाल अनितले निरीक्षण गरेl यस अवधिमा उनलाई संस्थाका संस्थापक पूर्ण गुरुङ ‘निरुपम’ र अध्यक्ष खेमराज राईले जागृति परिवारको कार्यहरू बारे जानकारी दिएl सबै निरीक्षण गरेपछि अनित थापाले सो जीर्ण अवस्थामा रहेको भवनलाई दुई तला नयाँ भवन बनाइदिने वचन दिएका छन्l यसको निम्ति समग्र परिवारले जीटीएका मुख्य कार्यपाल अनित थापा साथै २८ नम्बर समष्टिका सभासद श्याम शेर्पालाई आभार प्रकट गर्दै धन्यवाद जनाएका छन्l जागृति परिवारले  आउँदो महिना ९ अप्रेलदेखि सडक नाटकबाट स्वर्ण जयन्तीको कार्यक्रम शुरु गर्ने भएको छl  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement