गान्तोकः सिक्किम घुम्न आएकी एक वृद्धाको सीढीबाट लड़ेर मृत्यु भएको छ। मृतकको नाम रत्न चक्रवर्ती हो। ७२ वर्षीय वृद्धा पश्चिम बङ्गालको ब्यारेकपुर निवासी थिइन्। पुलिस रिपोर्टअनुसार, रत्न चक्रवर्ती आफ्नो परिवारसॅंग घुम्न उत्तर सिक्किम गएकी थिइन्। छातेन- लाचेनको स्थानीय एउटा होटेलको सीढी चढ्ने क्रममा उनी लड्दा उनको टाउकोमा चोट लाग्यो। उनलाई तत्काल छातेनस्थित ३२७ आर्मी फिल्ड हस्पिटल लगियो, जहॉं चिकित्सकले उनलाई मृत घोषित गरिदिए।
जानकारी अनुसार, मृतक आफ्नो परिवारसॅंग बुधवार गान्तोकबाट लाचेन आएकी थिइन्। उनीहरूको गुरुदोङमार लेक जाने कार्यक्रम थियो।