वरिष्ठ साहित्यकार डा एडोन रोंगोंगद्वारा लिखित सीमादेखि सीमासम्म नामक कविता संग्रह लोकार्पित

IMG-20230330-WA0291.jpg

सालबारी: वरिष्ठ साहित्यकार डा एडोन रोंगोंगद्वारा लिखित ‘सीमादेखि सीमासम्म’ नामक कविता संग्रहको लोकार्पण गरिएको छ। शब्द समय सालबारी को अायोजना र बुक आन्टको सहभागितामा सम्पन्न भएको एक कार्यक्रमबीच उक्त कविता कृतिको लोकार्पण गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार नरबहादुर दाहालले गरेका थिए भने प्रमुख अतिथिको रुपमा डीएस बम्जन उपस्थित रहेका थिए। वरिष्ठ साहित्यकार एंव युग्मककार कालुसिंह रणपहेंलीले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवड़ाले स्वागत सम्भाषण राखेका थिए। कार्यक्रममा डा एडोन रोंगोंगको जीवनी विषयमा वरिष्ठ साहित्यकार मोहन ठकुरीले आफ्नो सम्बोधनमा जानकारी गराएका थिए। यसै कार्यक्रममा वरिष्ठ साहित्यकार डा एडोन रोंगोंगद्वारा लिखित ‘सीमादेखि सीमासम्म’ नामक कविता संग्रहको लोकार्पण सभाध्यक्ष नरबहादुर दाहाल, प्रमुख अतिथि डीएस बम्जन, वरिष्ठ साहित्यकारद्वय ज्ञानेन्द्र खतिवड़ा र छविलाल लामिछाने अनि कवि स्वयम् डा एडोन रोंगोंगको बाहुलीबाट लोकार्पण गरिएको छ। कार्यक्रममा डा एडोन रोंगोंगद्वारा आफ्नो वक्तव्यमा आफुले सिर्जना गरेका कविताहरूका संग्रह लोकार्पणको लागि शब्द समय सालबारी र बुक आन्टप्रति आभार प्रकट गर्दै आफ्नो वक्तव्य राखेका थिए। उनले यी कविताहरू पढेर सुझाव दिए आभारी रहने बताएका छन्। उनले उपस्थित सबैलाई धन्यवाद दिन्दै आज लोकार्पण गरिएको ‘सीमादेखि सीमासम्म’ नामक कविता संग्रहबाट एउटा कविता पठन पनि गरेका थिए।कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित विशिष्ट व्यक्तित्त्व डीएस बम्जनले डा एडोन रोंगोंग साहित्यको सेवादेखि लिएर देश विदेशको ज्ञान भएको व्यक्ति रहेको बताउँदै उनी जस्तो व्यक्तिको पुस्तक लोकार्पणमा उपस्थित हुनु हाम्रो अहोभाग्य हो भनी बताए। उनले एडोन रोंगोंग असाधारण व्यक्ति रहेको उल्लेख गरेका थिए। कार्यक्रमको सभाध्यक्ष वरिष्ठ साहित्यकार नरबहादुर दाहालले आफ्नो सम्बोधनमा डा एडोन रोंगोंग आफ्नो अभिन्न मित्र रहेको बताउँदै उनी थिए र नै म छु भनी बताएका छन्। उनले कविता अचम्मको विधा रहेको बताउँदै यो साहित्यमा प्रवेस गर्दै गरेको किशोर अवस्थादेखि बुढे़सकालसम्म कविता नलेखी हुँदैन र आजको सर्जक पनि ८० नाघेका हुन् र उनी पनि यो उमेरमा पनि कविता लेखिरहेको बताएका छन्। उनले कवि र कविता भन्ने कुरा साहित्यमा यस्तो विधा हो जसमा कम शब्दमा धेरै कुराहरू भन्न सकिन्छ अनि पाँच सय पृष्ठको उपन्यासले भन्न नसकेको कुरा दश लाइनको कविताले भन्नसक्छ भनी बताएका छन्।

नरबहादुर दाहालले सबैजना कवि हुन नसक्ने बताउँदै कविता विद्वताले लेख्न नसकिने जनाउँदै यसको उदाहरण चारजना विद्वानहरू कवि हुन सकेनन् भन्दै ती चारजना विद्वानहरूमा रामकृष्ण शर्मा, डा इन्द्रबहादुर राई, डा कुमार प्रधान र ईश्वर बरालको नाम लिएका छन्। उनले कविता विधा प्रभावशाली रहने पनि बताएका छन्। कार्यक्रममा उपस्थित कविहरू सबैले पालैपालो आज लोकार्पण गरिएको ‘सीमादेखि सीमासम्म’ कविता कृतिबाट नै एक एकवटा कविता पठन गरेका थिए। यसै क्रममा छबिलाल लामिछाने, कालुसिंह रणपहेंली, ज्ञानेन्द्र खतिवड़ा, मणिकुमार प्रधान, समीर शर्मा, सुरज गुरुङ, हनोक थापा आदिले डा एडोन रोंगोंगद्वारा लिखित कविता कृतिबाट नै कविताहरू पठन गरेका थिए। कार्यक्रममा सर्जक डा एडोन रोंगोंगलाई सम्मान पनि गरिएको थियो। कार्यक्रममा धन्यवाद ज्ञापन बुक आन्टको मालिक एंव कवि सुरज गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement