रामनवमीको अवसरमा खरसाङमा विराट् रैलीको आयोजना

IMG-20230330-WA0272.jpg

राम सबैको भगवान् हुन् र रामनवमी सबैले मनाउनुपर्छ: अनित थापा

खरसाङ: राम नवमीको अवसरमा खरसाङमा धार्मिक ऱ्याली निकालिएको छ। खरसाङको मोटर स्ट्याण्डबाट निकालिएको उक्त ऱ्यालीले धार्मिक ध्वाजा, ब्यानर, झाँकीहरूको साथमा राष्ट्रीय राजमार्ग ५५, वर्द्धवान रोड हुँदै शहर परिक्रम गरेपछि
नयाँ बजारको जगदीश मन्दिर पुगेको थियो। मन्दिरमा खिँचड़ी, प्रसादि भक्तजनलाई वितरण गरिएको थियो। ऱ्यालीमा भगवान रामको ठूलो ठूलो तस्वीर, राम-सीताको भेष धारण गरेका भक्तजन, राम मन्दिरको प्रतिकृति सामावेश गरिएको थियो।ऱ्यालीमा सहभागीहरूले भगवान रामको जय जयकार गरेका थिए भने समय-समयमा राम भजनहरू पनि बजाइएको थियो। ऱ्यालीमा सहभागीहरूमध्ये धेरैले गेरूवा वस्त्र धारण गरेका थिए भने महिलाहरू पनि व्यापक रूपमा सहभागी बनेका थिए।

रामनवमीको अवसरमा खरसाङमा निकालिएको उक्त रैलीमा जीटीए चिफ् अनित थापा पनि उपस्थित रहेका थिए। उनीसितै सभासद नुरी शेर्पा, भागोप्रमो केन्द्रीय सदस्य एंव खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान समीरदीप ब्लोन, भागोप्रमो खरसाङ महकुमा समितिको सभापति एंव खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, पेमेन्द्र गुरुङ लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त रामनवमीको रैली विषयमा पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा जीटीए चिफ् अनित थापाले यो हिन्दु धर्मको चाढ़ हो र यस दिनलाई सबैले पालन गर्नुपर्छ भनी बताएका छन्। उनले यसपाली गत वर्षको तुलनामा अझ राम्रो प्रकारले मनाएको जस्तो लाग्यो भन्दै यो चाढ़लाई अझ राम्रो प्रकारले मनाउनुपर्छ भनी बताएका छन्। अनित थापाले अघि भने, भगवान रामको नाममा राजनीति गर्नेले गरोस् तर हामी धर्मको नाममा धर्म नै गर्छौं। राम भगवान् हो र राम हामी सबैको भगवान् हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement