अलिपुरद्वार: रामनवमीको अवसरमा बिहीबार कालचिनी ब्लकका विभिन्न क्षेत्रमा भब्य ऱ्याली निकालियो। जयगाउँ हिन्दु जागरण समितिले रामनवमीको अवसरमा भव्य शोभायात्रा निकालेको छ । बिहीबार जयगाउँ मंगलबाडी कृष्ण मन्दिर क्षेत्रबाट शोभायात्रा शुरु भएको थियो । जेडीए अध्यक्ष गंगाप्रसाद शर्मा र अन्य तृणमूल नेताहरू ऱ्यालीमा सहभागी थिए। ऱ्यालीमा हिन्दू जागरण समितिका सदस्यहरूको समेत सहभागिता रहेको थियो । रयालीले जयगाउँ शहरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । त्यसपछि सबैलाई प्रसाद वितरण गरिएको थियो । अर्कोतर्फ, आज कालचिनी ब्लकको दलसिहपाडा हाटखोला क्षेत्रबाट पनि ऱ्याली निकालिएको थियो ।