जीटीएका मुख्य कार्यपाल अनित थापाद्वारा घरविहीनहरूको आश्रय स्थल उद्घाटन

00-1-b6625500-5f04-4bca-9ede-b3171827f6cd

खरसाङ: नगरपालिका क्षेत्रका फुटपाथमा जीवन बिताउने घरविहीनहरूका लागि बनिएको आश्रय स्थल (सेल्टर फर होमलेस- एसयुएच) आज जीटीएका मुख्य कार्यपाल अनित थापाले उद्घाटन गरेl खरसाङ नगरपालिकाको वार्ड नम्बर ८ मा यो आश्रय स्थलको लागि भव्य भवन बनिएको छl सुत्ने कोठा, भान्साघर, शौचालय, स्वच्छ खानेपानी, प्राथमिक उपचारलगायतका सम्पूर्ण सुविधायुक्त यो भवन कुनै गेस्ट हाउस भन्दा कम छैनl कुनै घरविहीन व्यक्तिलाई यहाँ बस्न परे सरकारी नियमहरू अनुसार दस्तावेजहरू बुझाउन पर्नेछl यो भवन १ करोड ८८ लाख भन्दा बढी रकमको लागतमा निर्माण भएको छl यो भवन केन्द्र र राज्य सरकारको लगानीमा निर्माण कार्य पूरा भएपछि खरसाङ नगरपालिकालाई हस्तानान्तर गरिएको होl प्रत्येक एक लाख जनसङ्ख्या भएको शहरी क्षेत्रमा स्थायी सामुदायिक आश्रय स्थल हुनुपर्छ भन्ने सर्वोच्च अदालतको निर्देशअनुसार देशका राज्यहरूमा निर्माण हुँदै आइरहेको छl यता दार्जीलिङ पहाडमा खरसाङमा बनिएको यो यो आश्रय स्थल पहिलो होl  

जीटीएका मुख्य कार्यपाल अनित थापा

कार्यक्रममा मुख्य अतिथि रहेका अनित थापाले यस आश्रय स्थल उद्घाटन गरेपछि खुबै राम्रो बनिएको भन्दै प्रशंसा गरेl एउटा राम्रो कमिटी बनाएर सेवाको भावनाले यो भवन संचालन गर्ने सुझाव उनले दिएl खरसाङ अस्पतालमा कमान-बस्तीबाट बिमारी लिएर आएकाहरू धेरैजनालाई राति यताउति बस्न निक्कै समस्या हुन्छl बिमारी लिएर आउनेहरूलाई एकरात यहाँ वासको निम्ति व्यवस्था गरिदिने उनले सुझाव राखेl ‘यसलाई राम्रोसित संचालन गरेर सरकारलाई देखाउनुपर्छ’, उनले भनेl २८ नम्बर समष्टिका सभासद श्याम शेर्पाले भने, ‘यहाँ आएर कसैले बर्थडे मनाएर यहाँ आश्रय लिएकाहरूलाई खानाहरू खुवाउन सक्छन्l’

२८ नम्बर समष्टिका सभासद श्याम शेर्पा

यस भवनको उद्घाटनको पूजा खरसाङ नगरपालिका (बीओए) का अध्यक्ष ब्रिगेन गुरुङ र उपाध्यक्ष एवं जीटीका पीआरओ सुवास प्रधानले गरेl सबिना गिरीद्वारा संचालित कार्यक्रममा सभासद नुरी शेर्पा, भारतीय गोर्खा प्रजातान्त्रिक युवा मोर्चाका अध्यक्ष पेमेन्द्र गुरुङ, नगरपालिकाका इन्जिनियरिङ विभागका इन्जिनियरहरू, पूर्व नगरपार्षदहरू साथै गैर सरकारी संस्थाका प्रतिनिधीहरू उपस्थिति थिएl               

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement