जलपाइगढी: रेलको ठोक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। सनसनीपूर्ण घटना जलपाइगढी सहरको गोमस्तपाडा क्षेत्रमा भएको हो । हल्दिबारीबाट सिलगढी जाँदै गरेको डीएमयु यात्रीवाहक ट्रेनको चपेटामा ती व्यक्ति परेका थिए। घटनापछि रेल केहीबेर रोकिएको थियो । क्षतविक्षत शव लामो समयदेखि रेलमार्गको छेउमा परेको प्रत्यक्षदर्शीले बताएका छन्। घटनालगत्तै वरपरका मानिसहरू त्यहाँ पुगेका थिए। अन्ततः रेल रोकिएपछि रेलका चालक र गार्डले ट्र्याकबाट शवलाई बाहिर निकालेको प्रत्यक्षदर्शीले बताए । सूचना पाएपछि जलपाइगढी रेलवे पुलिस कर्मचारी घटनास्थलमा पुगेका थिए। मृतकको परिचय खुल्ने प्रयास भइरहेको छ । रेलवे पुलिसले युवक कसरी रेलमा खसेको भन्ने बारे अनुसन्धान गरिरहेको छ । घटना आत्महत्या वा दुर्घटना हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।