ब्राउन सुगर सहित तीनजना पक्राउ

93d5a1ba-5577-48f8-8012-b77cb7422136

सिलगढी: गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा मतिगडा थाना पुलिसले मतिगडा थाना अन्तर्गतब्राउन मायादेवी क्लब नजिकैको क्षेत्रमा छापा मारेर ब्राउन सुगर सहित तीनजनालाई पक्राउ गरेको छ। तीनैजनालाई गएराति मायादेवी क्लब नजिकैको इलाकाबाट ३०१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो। जसमध्ये दुईजना पुरुष र एकजना महिला रहेका छन्। आरोपीहरूमा दालखोलाका मोहम्मद सर्फ़राज, कुचबिहारका दिप्ती बर्मन, वाहन चालक श्याम हाज्दा रहेका छन्। उनीहरू चढेको गाडीका चालक श्याम रहेको बताइएको छ। सर्फराज र दिप्ती मतिगडा थानाको मायादेवी क्लब नजिकैको घरमा भाडामा बस्छन्।

यस ब्राउन सुगरको बजार मूल्य करिब ६ देखि ७ लाख रुपैयाँ रहेको छ। तीनैजनालाई आज सिलगढी अदालतमा पेश गरियो।

About Author

Advertisement