उदयन गुहाका छोराले विपक्षीलाई दिए अदालत जाने चेतावनी

4a1dc488-366f-4eb2-8494-81695d2927ed

कुचबिहार: उत्तर बङ्गालका विकास मन्त्री उदयन गुहाले वाम मोर्चा सरकार विरुद्ध रोजगारीमा धाँधली भएको आरोप लगाएका छन्। अर्कोतर्फ तृणमूल नेता उदयन गुहाको यो खुलासापछि भाजपा र वामपन्थी नेताहरूले तृणमूल मन्त्री गुहाविरुद्ध आवाज उठाउन थालेका छन् ।उल्लेखनीय छ, विपक्षी दलहरूले राज्यमा सत्तारुढ तृणमूल कङ्ग्रेसमा कर्मचारी नियुक्तिमा भ्रष्टाचारको विभिन्न आरोप लगाएका छन्। त्यसपछि मन्त्रीका छोरा सायन्तन गुहाले दिनहाटामा पत्रकार सम्मेलन गरेर प्रतिपक्षलाई चेतावनी दिएका छन । उनले,उदयन गुहा विरुद्ध कसैले भ्रष्टाचारको कुरा गरे र प्रमाणित गर्न नसके अदालत जाने बताए ।मन्त्रीका छोरा सायन्तन गुहाले दिनहाटाको सुभाष भवनमा पत्रकार सम्मेलन गरी प्रतिपक्षलाई सोही प्रकारको चेतावनी दिएका छन्।

About Author

Advertisement