खरसाङ नगरपालिकामा पहाडको पहिलो घरविहीनको निम्ति भवनको उदघाटन

IMG-20230330-WA0250.jpg

यो भवन सेवाको भवन बनोस्: अनित थापा

खरसाङ: खरसाङ नगरपालिकाले सञ्चालन गर्ने शहरी घरविहीनको निम्ति निर्माण गरिएको भवनको उदघाटन जीटीए प्रमुख कार्यपाल अनित थापाको उपस्थितिमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले गरेका छन्। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले भने, “यो भवन खरसाङको निम्ति धरोहर हो। बनाउनेले बनाई दियो अब यसलाई सम्हाल्नु सक्नु पर्छ।”
उनले सल्लाह दिँदै भने, “नगरपालिकाले खरसाङ शहरका मानिसहरूलाई लिएर भवन सञ्चालन समिति गठन गरेर चलाए असल हुनेछ। कतिपय मानिसहरू सेवा गर्नु चाहन्छन् उहाँहरूले सेवा गर्ने मौका पाउँछन्। यो भवन सेवाको भवन बनोस्।”
उनले अझ भने, “खरसाङ बजारमा सडकमा रात बिताउने धेरै कम्ती छन्। तर खरसाङ अस्पतालमा बिरामी उपचार गर्नु आउनेले धेरै दुःख भोग्नुपर्छ। यदि उहाँहरूको निम्ति पनि भवन उपयोग गर्नु दिए उहाँहरूको दुःख धेरै घट्ने थियो।”

घर विहिनको निम्ति निर्माण भएको भवन ₹ १.९५ करोडको लागतमा बनिएको हो। यस भवनमा २५ बेड रहेको छ भने पिउने पानी, खानाको प्रबन्ध पनि छ। यहाँ बस्न चाहनेले सरकारी नियम अनि मापदण्ड पालन गरेर मात्र बस्नु पाउनेछन्।
सुडाकाे आर्थिक सहयोगमा यो भवन निर्माण भएको हो। यसलाई सञ्चालन गर्न सुडाले आगामी पाँच वर्षसम्म आर्थिक सहयोग अर्ने बताएका छन्। सुडाका अधिकारी सौमेन डे अनुसार बंगालमा १०९ वटा यस्ता भवन निर्माण हुने योजना छ। आज उदघाटन भएको भवन बङ्गालमा निर्माण भएको ५५औं भवन हो। डे अनुसार दार्जीलिङ पहाडमा पहिलो पल्ट यस किसिमको भवन सञ्चालन हुँदैछ। कार्यक्रममा सभासद श्याम शेर्पा, नुरी शेर्पा, नगर उपाध्यक्ष सुबास प्रधानको उपस्थिति रहेको थियो भने नगरपालिकाको अधिकारीहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement