३० मार्चः हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले हालै नयाँ दिल्लीमा आयोजित आईबीए महिला विश्व बक्सिंग च्याम्पियनशीपमा स्वर्ण पदक जित्ने नीतू गंघास र स्वीटी बूरालाई बिहीवार ४०-४० लाख रुपियाँको चेकको साथमा नोकरीको प्रस्ताव दिए। नीतू र स्वीटीले मुख्यमन्त्रीसँग उनको आवास सन्त कबीर कुटीरमा भेट गरे, जहाँ मुख्यमन्त्रीले प्रत्येकलाई ४० लाख रुपियाँको चेक सुम्पिए अनि दुवै खेलाड़ीलाई हरियाणा उत्कृष्ट खेलाड़ी सेवा नियमअन्तर्गत ग्रुप बी-को नोकरीको प्रस्ताव पत्र पेश गरे। मुख्यमन्त्रीले यस अवसरमा गत केही सालमा महिलाहरूले खेलको क्षेत्रमा प्रदेशको साथ-साथ देशको नाम उज्जव गरेको अनि यो सबैको निम्ति गर्वको कुरा रहेको बताए।

उल्लेखनीय छ, नीतूले गत आइतवार भएको फाइनलमा ४८ किग्रा वर्गको स्वर्ण पदक जितेकी थिइन्। यसरी नै स्वीटीले ८१ किग्राभन्दा अधिक ओजन वर्गमा खिताब जितेकी थिइन्।