पुलिस भ्यान र पियाजियोबीच भीषण ठक्कर, जनताले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन

0dc6f558-0955-4127-b1a2-19338627def3

जलपाइगढी: पुलिसको गाडीले ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्। हिजो राति जलपाइगढीको रानी नगर क्षेत्रमा उक्त घटनाको विरोधमा इलाकाका मानिसहरूले सडक अवरुद्ध गरेका थिए। तीन पाङ्ग्रे पानी आपूर्ति गर्ने सानो गाडी र नीलो बिकन भएको पुलिस बोलेरो कार एकआपसमा ठोक्किँदा दुईजना गम्भीर घाइते भएको बताइएको छ। खबर पाएलगत्तै पुलिस र दमकलको टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो। जानकारीका अनुसार उक्त क्षेत्रमा ट्राफिक पोइन्टको माग गर्दै आक्रोशित जनताले सडक अवरुद्ध गरी चर्को विरोध गरेका थिए। तर,पुलिसले यस विषयमा सकारात्मक कदम चाल्ने आश्वासन दिएपछि नाकाबन्दी अन्त्य भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement