चीनको चेतावनीलाई पन्छाउँदै अमेरिका पुगिन् ताइवानकी राष्ट्रपति

00-1-Taiwan-President

चीनको चेतावनीला पन्छाउँदै ताइवानकी राष्ट्रपति साइ इङ–वेन अमेरिकी प्रान्त न्यूयोर्क पुगेकी छिन्। यस विषयमा चीनले अमेरिकालाई यो भ्रमणको परिणाम निकै गम्भीर हुने चेतावनी दिएको थियो। साई इङ्ग-वेन हाल मध्य अमेरिकाको भ्रमणमा छिन्। यही भ्रमणका क्रममा उनी न्यूयोर्क पुगेकी हुन्। आफ्नो भ्रमणको अन्तिम बिन्दुमा, उनले अमेरिकी संसदको प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीलाई भेट्न सक्नेछिन्। यस्तो बैठकको निन्दा गर्दै चीनले यो बैठक भयो भने गम्भीर द्वन्द्व निम्त्याउनसक्ने बताएको छ। आफ्नो प्रतिक्रियामा अमेरिकाले साईको चीन भ्रमणको प्रतिक्रिया अत्यधिक भएको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement