एकै व्यक्तिको शरीरमा दुवैथरीको यौनाङ्ग!

00-1-Sofia-Young

एउटै मानिस दुई प्रकारका यौनाङ्ग भएका अर्थात  हर्माफ्रोडाइट (hermaphrodite) वा बहुलिंगी हुन्छ जो पनि आश्चर्यचकित हुन्छन्l यस्तो धेरैलाई पत्यार लाग्दैनl जसको जिउमा महिला र पुरुष दुवैका यौनाङ्ग छन्! सायद यो धेरैले सुनेका छैनन् होला। तर यी व्यक्तिको शरीरमा योनी र लिंग दुवै यौनाङ्ग छन्। २२ वर्षसम्म केटाको रुपमा जीवन बिताएका यी व्यक्तिले २२ वर्षपछि सधैंका लागि केटीको रुपमा बिताउन थालेका छन्। चिकित्सा विज्ञानलाई यसलाई हर्माफ्रोडाइट वा बहुलिंगी भनिन्छ। यस्ता जीवलाई बहुलिंगी भनिन्छ जसको जिउमा भाले र पोथी दुवैका यौनाङ्ग हुन्छन्।

विभिन्न जीवहरुमा यस्तो हुन्छ तर सामान्य मानिसमा भने हुँदैन। एउटै व्यक्तिमा महिला र पुरुष दुबैका यौनाङ्ग भएको द्धिलिंगी मानिस असामान्य नै हुन्छ। अस्ट्रेलियाको न्यु साउथवेल्सस्थित नोरामा बस्ने सोफिया यंग नामका व्यक्तिको शरीरमा पनि लिंग र योनी दुवै यौनाङ्ग छन्। आठ नौ वर्षको हुँदा नै सोफियालाई आफ्नो यौनिक लगाव फरक भएको थाहा भयो। उनका जिउमा दुवैथरी यौनाङ्ग छन् र उनी यौनिक रुपमा पूर्णतया केटा वा केटी दुवै जस्तै छन्। उनको शरीरभित्र दुईवटा अण्डाशय मध्ये एउटा सानो तथा एउटा ठूलो आकारको छ। उनको उमेर बढेसँगै उनको जिउमा दुबैखालका यौनाङ्गको आकार बढ्दै गएपछि आमाबाबु अचम्ममा परे। जन्मिदाखेरि नदेखिएको महिलाको गुप्तांग प्रष्ट देखिन थाल्यो उनको शरीरमा। उनको शरीर शरीरमा दुइवटै यौनाङ्ग भएपनि उनले आफूलाई बढि महिला भएको अनुभुति गर्दछिन् र मोडलिंग पनि शुरु गरिसकेकी छिन्। अब उनले आफू सधैं महिला भएर बाँच्न चाहन्छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement