त्रिदेशीय टुर्नामेण्टमा सफलताको श्रेय स्थिरता र अनुशासनलाई दिए प्रशिक्षक इगोर स्टीमाकले

IMG-20230330-WA0159.jpg

३० मार्चः मुख्य प्रशिक्षक इगोर स्टीमाकले बताएअनुसार, स्थिरता र अनुशासनले भारतीय फूटबल टीमलाई मणिपुरको राजधानी इम्फालमा भएको तीन देशको टुर्नामेण्टमा च्याम्पियन बन्नमा सहायता गऱ्यो। आयोजक भारतले टुर्नामेण्टमा म्यांमार र किर्गिस्तानलाई पराजित गरी ट्रफी जित्यो। स्टिमाकले भने, केटाहरू असाधारण मिजासको साथ खेले अनि समग्रमा माहोल पनि सकारात्मक थियो। यो स्वदेशमा हाम्रो पाँचौं जीत हो अनि यसले हाम्रो आत्मविश्वास बढ़ाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। टुर्नामेण्टमा हामी धेरै स्थिर र अनुशासित थियौं। दोस्रो हाफको केही मिनटहरू छोड़ेर हामीले म्यांमार या किर्गिस्तानलाई कुनै ठूलो मौका दिएनौं। हामीले ती क्षेत्रहरूमा सुधार गर्न सक्थ्यौं तर खेलाड़ीहरूले प्रदर्शनमा लगातार सुधार गरिरहेका छन्। असाधारण अन्तर्राष्ट्रिय टुर्नामेण्टको आयोजनको निम्ति मुख्य प्रशिक्षक स्टीमाकले मणिपुर सरकारलाई पनि धन्यवाद जनाए। टुर्नामेण्टमा भारतले पहिला म्यांमारलाई १-०-ले अनि पछिबाट अन्तिम म्याचमा किर्गिस्तानलाई २-०-ले पराजित गरी च्याम्पियन बन्ने गौरव हासिल गऱ्यो। दुवै म्याचमा भारतले एक गोल पनि खाएन। भारतीय टीमका कप्तान सुनिल छेत्रीले भने, यी दुईवटा म्याच खेलेर राम्रो लाग्यो अनि हाम्रो निम्ति दुवै म्याच जित्नु महत्त्वपूर्ण थियो। यसबाहेक हामी पहिलोपल्ट मणिपुरमा खेलिरहेका थियौं। यसैकारण यो हामी सबैको निम्ति खास मौका थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement