फुलबारी २ नम्बर ग्राम पञ्चायतको छोबाभिटा इलाका जलमग्न

IMG_20220616_142255.jpg

सिलगढी: रातभरि परेको वर्षाले गर्दा फुलबारी २ नम्बर ग्राम पञ्चायत अन्तर्गत छोबाभिटा इलाका जलमग्न बनेको छ। उक्त इलाकाको सडक लगायत धेरैजसो घरमा पानी पसेकोले इलाकामा मानिसहरू समस्यामा परेका छन्। इलाकावासीहरूको आरोपअनुसार उक्त इलाकामा धेरै इन्डस्ट्रीको निर्माण गरेकोले गर्दा नै यस्तो परिस्थिति उत्पन्न भएको हो। धेरैजसो बाउन्डरी वाल निर्माण गरेकोले गर्दा इलाकाको विभिन्न ठाउँमा पानी जम्ने गर्दछ। यसैले उक्त इलाकामा जल निकासी व्यवस्था गरिदिने स्थानीय मानिसहरूले माग गरेका छन्। घटनाको खबर पाएर फुलबारी २ नम्बर अञ्चल प्रधान दिलीप राय उक्त इलाकामा पुगेर निरीक्षण गर्नको साथै इलाकामा जल निकासी व्यवस्था गरिदिने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement