३० मार्चः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को सीजन शुक्रवारदेखि शुरु हुनेछ। प्रशंसकहरूबीच आईपीएलको १६औं सीजनलाई लिएर निक्कै उत्साह रहेको छ। आईपीएल २०२३-को पहिलो म्याच गत सीजनको च्याम्पियन गुजरात टाइटन्स र चारपल्टको च्याम्पियन चेन्नई सुपर किंग्सबीच शुक्रवार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ। के तपाईंलाई थाहा छ आईपीएलको इतिहासमा सबैभन्दा ठूलो छक्का कुन खेलाड़ीले लगाएका छन ? या फेरि सबैभन्दा ठूलो छक्का कति मीटरको थियो ? यहाँ त्यही विषयमा विस्तारमा जानकारी दिइँदैछ।
आईपीएलको इतिहासमा सबैभन्दा ठूलो छक्का लगाउने रेकर्ड दक्षिण अफ्रिकी अलराउण्डर एल्बी मोर्कलको नाममा रहेको छ। उनले आईपीएलको पहिलो सीजनमा यस उपलब्धिलाई हासिल गरेका थिए। मोर्कलले आईपीएल २००८-मा चेन्नई सुपर किंग्सबाट खेल्दै डेक्कन चार्जर्स विरुद्ध म्याचमा प्रज्ञान ओझाको बलमा १२५ मीटरको गगनचुम्बी छक्का लगाएका थिए। टुर्नामेण्टको १६ सालको इतिहासमा अहिलेसम्म कसैले पनि त्यसभन्दा लामो छक्का लगाउन सकेका छैनन्। आईपीएलमा सबैभन्दा ठूलो छक्का लगाउने खेलाड़ीहरूका सूचीमा दोस्रो स्थानमा रहने खेलाड़ीको नाम सुन्दा कसैलाई पनि अचम्भ लाग्न सक्छ। त्यस खेलाड़ीको नाम हो प्रवीण कुमार। उत्तर प्रदेशका यस स्विंग बलरले २०१३-मा रोयल च्यालेञ्जर्स बेंगलोरबाट खेल्दै राजस्थान रोयल्सका बलर युसूफ पठानको बलमा १२४ मीटरको छक्का लगाएका थिए। यस सूचीमा अष्ट्रेलियाका एडम गिलक्रिष्ट १२२ मीटरको छक्काको साथ तेस्रो अनि रबिन उथप्पा १२० मीटरको छक्काको साथ चौथो स्थानमा रहेका छन्। आईपीएलको इतिहासमा सर्वाधिक छक्का लगाउने क्रिस गेल यस सूचीमा तेस्रो स्थानमा रहेका छन्। गेलले रोयल च्यालेञ्जर्स बेंगलोरबाट खेल्दै २०१३-को सीजनमा पुणे सुपर जाइण्ट्स विरुद्ध ११९ मीटरको छक्का लगाएका थिए। युवराज सिंह र रस टेलर ११९ मीटरको छक्का लगाएर संयुक्त रूपले छैटौं स्थानमा रहेका छन्।