भाजपालाई हराउन सबै विपक्षीलाई एकजुट हुने ममता ब्यानर्जीको आहवान  

00-1-CM-Minister-Mamta-Banerjee-Dharna

कोलकाता: पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधबार देशका सबै राजनीतिक दलहरूलाई आउँदो वर्षको लोकसभा चुनावमा भाजपालाई पराजित गर्न एकतावद्ध भएर लड्न आग्रह गरेकी छिन्। उनले भनिन्, ‘सन् २०२४ को लोकसभाको चुनावमा देशका जनता र भाजपाबीच भिडन्त हुनेछ। भारतीय लोकतन्त्र बचाउनका लागि हिन्दू, मुस्लिम, सिख, इसाई, पारसी सबै धर्मका जनताले भगवा पार्टीलाई परास्त गर्न एकजुट हुनुपर्नेछl’ राज्यप्रति केन्द्र सरकारको कथित भेदभावपूर्ण व्यवहारको विरोधमा यहाँ दुई दिने धारणा शुरु गरेकी तृणमूल कांग्रेसकी सुप्रिमो मुख्यमन्त्री ममता ब्यानर्जीले भाजपाले एलआईसी र एसबीआई बेचेर देशलाई बर्बाद बनाएको भन्दै भाजपालाई ‘दुशासन’ भनिन्।

उनले भनिन्, ‘भारतका हरेक राजनीतिक दलले यो भाजपा सरकारलाई हटाउन एकजुट हुनुपर्छ। ‘दुशासन’ भाजपालाई हटाउनुहोस् र देशको आम मानिस र भारतीय लोकतन्त्रलाई बचाउनुहोस्l’ उल्लेखनीय छ, मुख्यमन्त्री ममता ब्यानर्जीले बङ्गालप्रति केन्द्रको कथित भेदभावपूर्ण व्यवहारको विरोधमा बुधबार कोलकातामा दुई दिने विरोध प्रदर्शन शुरु गरिन्। रेड रोडमा रहेको अम्बेडकरको शालिग अगाडि यो धारणा मञ्च बनाइएको छ। मुख्यमन्त्री पहिला आन्दोलनमा ओर्लिन्। उनीसँगै मञ्चमा अभिषेक ब्यानर्जी, सुब्रत बक्शी, अरुप विश्वास, फिरहाद हाकिम, शशी पाञ्जा, चन्द्रिमा भट्टाचार्य, नयना बन्दोपाध्याय, शोभनदेव चट्टोपाध्याय, डोला सेन, ज्योत्स्ना मण्डी र सायनी घोषलगायतका नेता उपस्थित थिए।

मुख्यमन्त्री ममता ब्यानर्जी धारणा स्थलमा पुग्ने बित्तिकै भारतीय संविधानका निर्माता डा. बी.आर. आर. अम्बेडकरको प्रतिमामा माल्यार्पण गरिन्। रेड रोडको छेउमा डा.बी. आर. अम्बेडकरको मूर्तिमा माल्यार्पण गरेर उनले केन्द्र सरकार विरुद्ध दुई दिने धारणा शुरु गरेकी हुन्। एक सय दिने कार्ययोजना र अन्य योजनाका लागि बजेट नदिएको भन्दै मुख्यमन्त्री केन्द्र सरकारविरुद्ध धारणामा बसेकी छिन्। यो आन्दोलन आज बेलुकासम्म जारी रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement