अन्तरिक्षबाट देखिन्छ राम मन्दिर

तस्वीर स्रोत: गूगल अर्थl

अयोध्या: रामनगरी अयोध्यामा भव्य मन्दिर निर्माणको कार्य धमाधम भइरहेको छ। सन् २०२४ को शुरुमा भक्तजनलाई दर्शनका लागि खोलिनेछ। यस वर्षको अन्त्यसम्ममा गर्भगृह तयार हुनेछ। निर्माणको काम दिनरात भइरहेको र सयौं कारीगरले काम गरिरहेका छन्। अहिले स्याटेलाइट तस्विरमा पनि मन्दिरको आकर्षक दृश्य देखिन थालेको छ। वैज्ञानिक सेवानिवृत्त कर्णेल विनायक भाटले अन्तरिक्षबाट खिचिएका केही तस्वीर सेयर गरेका छन् जसमा राम मन्दिरको निर्माण कार्य स्पष्ट देख्न सकिन्छ। भुइँ तल्लाको काम कुनै पनि हालतमा पूरा हुनेछ। मन्दिरका १६६ वटा स्तम्भ निर्माण गरिएको छ। अहिले बिम राख्ने काम भइरहेको छ। त्यसपछि छत बनाइन्छ। भुइँ तल्लाको काम कुनै पनि हालतमा पूरा हुनेछ। मन्दिरका १६६ वटा स्तम्भ निर्माण गरिएको छ। अहिले बिम राख्ने काम भइरहेको छ। त्यसपछि छत बनाइन्छ।

गर्भगृहमा अभिषेक गरिने रामललाको मूर्ति ५१ इन्चको उभिएको मुद्रामा हुने राम मन्दिर ट्रस्टका सचिव चम्पत रायले बताए। जटायुको मूर्ति बनाउने काम पनि भइरहेको छ। मन्दिर निर्माणका लागि महाराष्ट्रको चन्द्रपुर जङ्गलबाट काठ ल्याइएको छ। यस वनको काठ उत्कृष्ट मानिन्छ। पूरै राम मन्दिरमा १२ हजार मूर्ति बनाइने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement