गोरुबथान – जीटीए चुनावमा हाम्रो पार्टीका प्रार्थीको रुपमा ४३ नम्बर समष्टिबाट जोन ब्रिटो सर खडा भएका छन्। तिनको प्रचारको निम्ति हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डसले आफ्ना दलबलसहित गोरुबथान आइपुगे। परिवर्तन यात्राको नामकरण गरी उनी ४५ वटा नै समष्टिमा घुम्ने हाम्रो पार्टीका योजना रहेको छ। यही क्रममा हिजो अबेर गरेर गोरुबथान आइपुगेका अजय एडवर्ड आज सर्वप्रथम धर्मशालामा स्थित हाम्रो पार्टीका पार्टी कार्यालयमा आएर सबैसित भेट गरे।
आज तिनले सोमबारे बजार परिक्रमा गरि बास बिसौनीमा सानो पथ सभा पनि गरे। त्यसपछि तिनी आफ्ना समर्थकहरूसित ४४ नम्बर समष्टितर्फ लागे। यसपल्ट जनताको राज भन्ने मूलमन्त्र लिएर उनी प्रचार प्रसारमा लागेका छन् भने मानिसहरूले पनि तिनलाई माया गरिरहेका छन्। धेरै मानिसहरू तिनलाई भेटिरहेको पनि छन्।










