गान्तोक: आजादी का अमृत महोत्सव अन्तर्गत आज पाकिस जिल्लाको रानीखोला किसान उत्पादक सहकारी समिति लिमिटेडको वार्षिक आम सभा नाम्चेबुङस्थित ग्राम प्रशासन केन्द्रमा सम्पन्न भयो। यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा जिल्ला पञ्चायत मन्दपी राई रहेका थिए भने विशिष्ट अतिथिमा पञ्चायत सभापति किशोर राई रहेका थिए। उक्त अवसरमा लेखा अधिकारी दुष्यन्त प्रधानले समितिको वार्षिक वित्त रिपोर्ट प्रस्तुत गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्दीप राईले संस्थाका सदस्यहरूलाई कृषि व्यवसायमा विविधीकरण गर्दै उत्कृष्ट अभ्यासहरु गरेर अघि बढन उत्प्रेरित गरे। सोही प्रकारले पञ्चायत सभापति किशोर राईले समितिका सबै सदस्यहरूको सफलता प्रति बधाई दिँदै केरला जस्तो राज्यहरूमा गरिएको कामलाई अनुशरण गर्नु पर्ने सुझाउ दिए। उनले समितिका सदस्यहरूलाई आफू पनि समितिको सदस्य लिने आश्वासन दिए। यस अवसरमा समितिका सदस्यहरूले खुल्लारूपमा आफ्नो गुनासो साथै सुझाउहरू राख्ने माहौल दिएको थियो। यसै क्रममा सहायक रेजिस्टररले विभागले समितिद्वारा उत्पादित बस्तुहरूलाई बजारसम्म पुऱ्याउने बचन दिँदै सहकारी संस्थाहरूको महत्त्वबारे प्रकाश पारे।तर यसको निम्ति समितिका सदस्यहरूले एफपीओमा सक्रिय रूपमा संलग्न हुनु पर्ने आग्रह गरे।