केन्द्र सरकारविरुद्ध मुख्यमन्त्री ममता ब्यनर्जीले शुरु गरिन धर्ना

ANI-20230329082229.jpg

कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ब्यानर्जीले कोलकातामा केन्द्र सरकार विरूद्ध धर्मतल्ला स्थित अम्बेडकर मूर्ति नजिक बुधवार दिउँसो १२‌ बजीदेखि उनले धरना शुरू गरेकी छन्। ममता ब्यानर्जीको साथ मंचमा उनका क्याबिनेटमा मन्त्री र कोलकाताका मेयर फिरहाद हकीम, अरूप विश्वास, मन्त्री शशि पांजा, चन्द्रिमा भट्टाचार्य, डोला सेन, ज्योत्सना मान्डी र सायोनी घोष बाहेक पार्टीका अन्य नेता उपस्थित छन्। उनले बुधवारदेखि दुई दिनसम्म केन्द्र विरूद्ध बंगाललाई वञ्चित गर्नलाई लिएर धरना दिने भनी पहिले नै घोषणा गरेकी थिइन्।
ममता ब्यानर्जीको आरोप छ, कूल एक लाख १५ हजार करोड़ रूपियाँ राज्यको केन्द्रसित बाकी छ, यो राशि धेरै पल्ट मागेपनि राज्यलाई दिइएको छैन। ममताको दाबी छ, प्रधानमन्त्री आवास योजना अन्तर्गत ८२०० करोड़ रूपियाँ बाकी छ जबकि मनरेगाको ७२०० करोड़ रूपियाँ केन्द्रबाट अहिलेसम्म पाइएको छैन। राज्यबाट असूली गरिएको जीएसटीको २४०९.९६ करोड़ रूपियाँ अहिलेपनि राज्यलाई उसको हिस्साको रूपमा दिइएको छैन। यस बाहेक चक्रवात यसबाट भएको नोकसानको क्षतिपूर्तिको निम्ति केन्द्रबाट ४२२२ करोड़ रूपियाँ पाउनुपर्नेथियो, त्यो अहिलेसम्म पाइएको छैन। यसैगरी बुलबुल चक्रवातको निम्ति ६३३२ करोड़ र अम्फनको निम्ति ३२ हजार ३१० करोड़ रूपियाँको राशि केन्द्रबाट पाइनुथियो, जुन अहिलेसम्म दिइएको छैन। ममताले भनिन्, प्रधानमन्त्रीलाई यस सम्बन्धमा धेरै पल्ट चिट्ठी लेखेर हस्तक्षेपको माग गरियो तर कुनै कदम उठाइएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement