कोलकाता: तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जी चाडै नै दिल्ली यात्रामा जाने भएका छन्। सूत्रहरू अनुसार, तृणमूल कांग्रेसका सांसद ०२ अप्रेलको दिन नयाँ दिल्ली जानेछन्। उनी तीन दिवसीय यात्रापछि ०५ अप्रेलमा कोलकाता फर्किनेछन्। यद्यिप, उनले अहिलेसम्म उनको नयाँ दिल्लीमा के कार्यक्रम छ यसबारे खुलासा गरेका छैनन्। हालमा कांग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज गरिएको थियो। यसले राष्ट्रिय राजनीतिमा समीकरण बदलेको छ। राहुल गान्धीले स्वयं विपक्षी गठनबन्धनको वकालत गरेका थिए। यस हिसाबले अभिषेकको नयाँ दिल्ली यात्रा निसन्देह महत्वपूर्ण छ। यो यात्रा २०२४ को लोकसभा चुनाउको मध्यनजर हुनसक्छ।