गान्तोकः सिक्किम विधानसभामा आज वित्तीय वर्ष २०२२-२३ को निम्ति १४,६३६.७७ लाख रूपियॉंको चौथो अनुपूरक अनुदान माग पारित गरियो। मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङले उक्त माग सदनमा राखेका थिए।
सिक्किम विधानसभाको एकदिवसीय सत्रमा आज सिक्किम नन् बायोडिग्रेडेबल गार्बेज (कण्ट्रोल) (रिपिलिङ) बिल पेश गरियो। उक्त विधेयक शहरी विकास विभाग मन्त्री एलबी दासले पेश गरे। यस विधेयकमाथि आगामी सत्रमा बहस अनि मतदान हुनेछ।सदनमा आज सिक्किम विधानसभाका पूर्व सदस्य प्रेमलाल सुब्बाको निधनमा शोक प्रस्ताव पेश गर्दै श्रद्धाञ्जली अर्पित गरियो।