गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज काशी विश्वनाथ मन्दिर, वाराणसीमा रुद्राभिषेक र पूर्जा अर्चना गरेर आशीर्वाद प्राप्त गरे। यस अवधि राज्यपालले सम्पूर्ण सिक्किमका जनताको उन्नति, प्रगति र समद्धिको निम्ति प्रार्थना गरे।राज्यपालले भने, बाबा विश्वनाथजीको कृपा दृष्टि सदैव सबै सिक्किमवासीहरूमाथि बनिरहोस्। वर्तमानमा राज्यपाल वाराणसी प्रवासमा छन्। यस क्रममा आज उनले महान कवि एवं समाज सुधारक संत शिरोमणि रविदासजीको मन्दिरको पनि दर्शन गरे।
संत शिरोमणि रविदासजी समाज सुधारक थिए जसले आफ्नो जीवन समाजमा व्याप्त जात-पात, छुवाछुतलाई समाप्त गर्न समर्पित गरेका थिए।